इंग्ल्याण्डलाई हराउँदै बंगलादेशलाई शृङ्खला

मिरपुर । दोस्रो टी–२० मा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै बंगलादेशले शृङ्खलामाथि कब्जा जमाएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ६ ओभरमा १ विकेट गुमाएर ५० रनको मजबुत स्थितिमा थियो । तर, स्पिनरलाई मद्दत गर्ने पिचमा इंग्ल्याण्डले एकपछि अर्को विकेट गुमाउँदै १ सय १७ रनमा अलआउट हुनपुग्यो । इंग्ल्याण्डको पारी ध्वस्त बनाउन मेहदी हसनले १२ रन खर्चेर ४ विकेट लिए । इंग्ल्याण्डका लागि बेन डकेटले सर्वाधिक २८ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको बंगलादेशलाई जीत दिलाउन नमुल होसेन सान्तोले नटआउट रहँदै ४६ रन बनाए । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले १३ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जीतसँगै तीन खेलको शृङ्खलामा बंगलादेश २–० ले अघि रहेको छ । अन्तिम खेल मंगलबार मिरपुरको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’