गीतकार बेदर्दीले पाए ‘सर्वोत्कृष्ट मैथिली गीतकार २०२३’ अवार्ड
काठमाडौँ । ‘नेपाली हुनुमा गर्व गरौँ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) द्वारा आयोजित नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड ‘राष्ट्रिय समावेशी म्यूजिक अवार्ड’ आज सम्पन्न भएको छ।
संयोजक कमला जोशीकाअनुसार विगत ६ वर्षदेखि नियमित गीत सङ्गीतहरुको प्रवर्द्धनमा सहयोग पुर्याउने उदेश्यले नेपालीसहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजना हुँदै आएको छ। विभिन्न भाषाभाषीका कुल ४२ विधामा प्रतिष्पर्धा रहेका देशभरिका कलाकार, श्रष्टा तथा सर्जकमध्ये मिथिला मधेशका चर्चित युवा गीतकार विद्यानन्द बेदर्दी ‘सर्वोत्कृष्ट मैथिली गीतकार २०२३’ अवार्डबाट सम्मानित भएका छन्।
२०६९ मा सप्तरीका रेडियो छिन्नमस्ता एफएमद्वारा प्रसारित साहित्य संसार कार्यक्रम संचालनबाट रेडियो क्षेत्रमा प्रवेश गरेका थिए। त्यती बेला साहित्य संसार सप्तरीका साहित्य क्षेत्रमा ठूलो लोकप्रिय बनेको थियो। उनको ‘मिथिला एक्सप्रेस’, ‘बितल बातु र’ ‘अपन मिथिला’ रेडियो कार्यक्रमले पनि निकै चर्चा पाएको थियो।
उनले ‘मिथिला एक्सप्रेस’ मैथिली एल्बम बजारमा ल्याएका थिए। उनको यो एलवमको ‘यादमे अहाँके तड़पै छी पलपल प्रिया’ सर्वाधिक हिट रहेको थियो। उनको चहटगर चटनी, प्राण हमर मिथिला, दिलचोर्नी चारवटा एलवम रहेको छ भने तीनवटा हिट म्यूजिक भिडियो रहेको छ। गीतकार बेदर्दीको अघिल्ला चरणहरूमा ‘दिलके डायरी’ ‘नैना नुकाक’ र ‘प्रेमक पिचकारी’ म्यूजिक भिडियोहरूमा पनि ठूलो बजेटको लगानी र राष्ट्रिय कलाकाहरू सम्मको संलग्नता रहेको छ।
यस अवार्डमा बेदर्दीको ६ जना गीतकार र सङ्गीतकारसँग प्रतिस्पर्धा रहेको थियो। बेदर्दीका साथै मेनुका माझी सर्वोत्कृष्ट महिला मोडल ‘पब्लिक चोइस’ , विरेन्द्र झा सर्वोत्कृष्ट गायक अवार्ड र विक्रम गुप्ता सर्वोत्कृष्ट पुरूष मोडलबाट सम्मानित भएका छन्। अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण