फोटोफिचर
सगुन खाँदै छोरीको घर प्रवेश गरिन् निवर्तमान राष्ट्रपति, तस्बिरहरू
सोमबार, २९ फागुन २०७९, १४ : ०९

काठमाडौँ । शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् ।
घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् ।
नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार
-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता