फोटोफिचर
सगुन खाँदै छोरीको घर प्रवेश गरिन् निवर्तमान राष्ट्रपति, तस्बिरहरू
सोमबार, २९ फागुन २०७९, १४ : ०९

काठमाडौँ । शीतलनिवासबाट बिदाइ गरेसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित आफ्नी छोरी उषाकिरण भण्डारीको घरमा पुगेकी छन् । बुढानीलकण्ठस्थित घर समयमा तयार नभएपछि उनी केही दिनका लागि छोरीको घरमा बस्न पुगेकी हुन् ।
घरमा प्रवेश गर्नुअघि भण्डारीले पूजाआजा गर्नुका साथै छोरीको हातबाट सगुन खाएकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेसँग भण्डारीले शीतलनिवास छाडेकी हुन् ।
नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्टमा सुन समातिदा सत्तपक्षका नेताको अनुहार उदांगिने गर्छ : शंकर पोखरेल
-
दक्षिण कोरियामा विपिन कुमार गुरुङको संयोजकमा राष्ट्रिय समन्वय कमिटी गठन
-
अर्थ मन्त्रालयका कम्प्युटर अधिकृतको बयान : तत्कालीन सहसचिव मरासिनीले एलएमबीआईएसमा बजेट प्रविष्ट गर्न लगाए
-
दसैँलाई खाद्यले ३ हजार खसी–बोका र च्याङ्ग्रा ल्याउँदै, ८ करोड ३६ लाख बजेट !
-
यी १० ठुलो क्रिकेट रङ्गशाला जहाँ हुनेछ १ करोड डलरका लागि प्रतिस्पर्धा
-
बुवा गुमाएको दिन पनि प्रस्तुति दिएँ : कुमार सानुले भने, ‘स्टेजमा ढल्दा कसैले उठाएनन्, नयाँ स्टाइल सोचे’