नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक
काठमाडौँ । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो ।
गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए । उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजी गरी भिडियो सम्पादन गरेको उल्लेख गरे ।
त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए ।
त्यस्तै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताइन् ।
त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजी रचना गरेको आफ्नो विगतको अनुभव सुनाए ।
म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रश्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण