वर्षाको टुट्यो वैवाहिक जीवन, श्रीमान्ले गरे अर्को विवाह

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ । उनका श्रीमान् अमेरिका निवासी आशिष गेलालले अर्को विवाह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन् ।
वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । केही समयको प्रेमपछि गुपचुप विवाह गरेकी उनले सामाजिक सञ्जाल मार्फत विवाह सार्वजनिक गरेकी थिइन् ।
विवाह लगतै आशिषसँग एक महिना अमेरिका बसेकी वर्षाले सामाजिक सञ्जालमा आशिषसँगका थुप्रै तस्बिर समेत पोस्ट गरेकी थिइन् । तर अमेरिकाबाट वर्षा एक्लै नेपाल फर्किएपछि भने उनको श्रीमान्सँगको सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो । यी दुवैले सामाजिक सञ्जालमा एकअर्काेलाई अनफलो गरेपछि सम्बन्ध बिग्रिएको विषयमा मिडियामा थुप्रै गसिप बने । त्यही बीचमा वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटोसमेत डिलिट पनि गरिन् ।
अहिले आशिषले विवाह गर्नुको पछाडि वर्षासँग सम्बन्ध बिच्छेद भइसकेको बताइन्छ । तर यस विषयमा अभिनेत्री वर्षाले भने आधिकारिक धारणा राखेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा धार्मिक सदभाव र्याली निकालिँदै
-
सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो
-
अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?
-
केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै
-
दिवाकरको ‘हनी बनी’ माघ २६ मा रिलिज हुने
-
एसियाली खेलकुद : टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित