चिनियाँ राष्ट्रपतिद्वारा पौडेललाई बधाई

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई दिएका छन् । राष्ट्रपति पौडेललाई मंगलबार शुभकामना सन्देश पठाउँदै सीले उनले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा व्यक्त गरे ।
उनले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा गरे ।
सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको चिनियाँ राष्ट्रपति सीको भनाइ छ । सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको उल्लेख गरे ।
दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनका लागि राष्ट्रपति पौडेलसँगै मिलेर काम गर्ने इच्छा रहेको उनको पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक
-
उपत्यकामा हुने कालोबजारी र अवाञ्छित गतिविधिको निगरानी गर्न प्रहरीलाई सर्कुलर
-
मनाङको स्याउ मनाङमै खपत
-
रातोपाटी ब्रिफिङ : स्थानीय तहमा डरलाग्दो भ्रष्टाचार, वायु सेवा निगमलाई ऋणको भार
-
टोटनह्यामविरुद्धको खेल पुनः खेलाइनुपर्ने क्लपको माग
-
अनलाइन सट्टेबाजी : अभिनेता रणवीर कपूरलाई सोधपुछका लागि बोलाइयो