शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
बहस

विद्यार्थी संगठनहरूलाई प्रश्न : स्ववियु निर्वाचन हुन लागेको हो कि दलको प्रतिस्पर्धा ?

‘स्ववियु निर्वाचनमा पार्टीको अनावश्यक हस्तक्षेप बढ्यो’
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । यतिबेला स्ववियु निर्वाचनको सरगर्मी छ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयले निर्वाचन गराउँदैछन् । त्यसका लागि विद्यार्थी संगठनहरूले समेत तयारीलाई तीव्रता दिइरहेका छन् । 

स्ववियुको आफ्नो प्रतिनिधित्व सुनिश्चित गराउन उनीहरू तालमेल गरेर अगाडि बढ्न खोजिरहेका छन् । विशेष गरी नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनहरू तालमेल गरेर निर्वाचन लड्न खोजिरहेका छन् । त्यसका लागि उनीहरूले तालमेलको आधारमा भागबण्डा मिलाउने काम थालेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू एक ठाउँमा छन् । त्यस्तै अनेरास्ववियुले समेत विभिन्न क्याम्पसहरूमा तालमेल गर्दै आएको छ । 

विद्यार्थी संगठनहरूलाई हामीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हो कि विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा वा दलहरूबीच प्रतिस्पर्धा भइरहेको भनेर प्रश्न गरेका छौँ । 

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टी तथा नेताहरूको अनावश्यक हस्तक्षेप रहेको स्वीकार गरे । 

उनले भने, ‘हामीले व्यवस्था फेरिसकेपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सक्षम नेता छान्नुपर्ने हो । तर, पछिल्लो समय अहिले दलको निर्वाचन जस्तो भएको छ । दलका नेताहरू यसमा प्रत्यक्ष जोडिएकाले कहीँ न कहीँ दलको निर्वाचन जस्तै बनेको छ ।’ 

स्ववियु निर्वाचन विद्यार्थी संगठनभित्रबाटै हुनुपर्ने र त्यसमा पार्टी तथा नेताहरू हस्तक्षेप हुनुपर्ने उनको भनाई छ । 

‘अहिले व्यवस्था बदलेको स्ववियुको निर्वाचन हुनुपर्ने हो । अहिले शिक्षा, स्वास्थ्य रोजगार हाम्रा मौलिक अधिकार हुन्,’ उनले भने, ‘यी मौलिक अधिकार कार्यान्वयन गर्नका निम्ति स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक खालको उत्साह, उमंग बन्नुपर्ने । तर, कहीँ न कतै पार्टीको निर्वाचन जस्तो भएको छ ।’ 

पार्टी तथा नेताहरूबाट स्ववियु निर्वाचनमा हस्तक्षेप हुनुमा विद्यार्थी संगठनहरू पनि दोषी रहेको भन्ने प्रश्नमा अध्यक्ष पराजुलीले भने, ‘हाम्रो कमजोरी भन्दा पनि पार्टीको लाइनसँग हामी जोडिनै पर्छ । त्यो विना हाम्रो समुदायको अधिकारलाई स्थापित गराउन सकिँदैन । तर, पार्टीको पनि नेता, नेताको पनि गुट, गुटको पनि स्ववियु सभापति चाहियो भन्ने हिसाबबाट प्रेसर दिने काम गरिन्छ ।’ आफ्नो संगठनमा भन्दा पनि अन्य संगठनमा हस्तक्षेप बढिरहेको उनको भनाई छ । 

नेविसंघका नेता दिनेश शाहीले विद्यार्थी संगठन भनेको पार्टीभित्र पनि प्रतिपक्षी संगठनको रूपमा रहने गरेको बताए । ‘पार्टीको हस्तक्षेप नरहेको भन्ने जगजाहेरै छ । यसमा पार्टीका नेताहरू इन्ट्रेस्ट हुनसक्छ । त्यो सहजीकरणको लागि पनि हुन्छ ।’ उनले भने । 

नेविसंघले पूर्णता नपाउनु आफ्नो ठाउँमा रहेको भन्दै अहिले नेविसंघका सम्पूर्ण नेता कार्यकर्ता स्ववियु निर्वाचनप्रति केन्द्रित भइरहेको बताए । नेविसंघ अहिले अरूको सहारामा हिँड्नुपर्ने अवस्थाको आएको त्यसैले अरू संगठनहरूसँग तालमेल गर्दै हिँड्नुभएको भन्ने प्रश्नमा उनले भने, ‘नेविसंघ एक्लै चुनाव लड्न नसकेर वा नचाहेर तालमेल गर्न खोजेको होइन । पुस १० गते नेपालको राजनीतिमा नयाँ कोर्ष सुरु भयो । जहाँ राष्ट्रिय राजनीतिमा गठबन्धनमार्फत अगाडि बढिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया