रामसहायलाई साझा उम्मेदवार बनाउन चार दल सक्रिय
काठमाडौँ । उपराष्ट्रपतिमा एक मात्र उम्मेदवार तय गर्न सत्ता गठबन्धनका चार दल सक्रिय भएका छन् । सत्ता गठबन्धनबाटै दुईजना उम्मेदवार भएपछि मतदाताहरु अन्योलमा देखिएका छन् ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिका लागि उम्मेदवार उठाएका छन् । जसपा र जनमत गठबन्धनमध्येकै दुई दल हुन् । जनमत र जसपाले आ–आफ्नो उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन् । यसले गठबन्धनमै रहेका मतदाताहरूमा अन्योल देखिएका छन् ।
गठबन्धन दलमध्ये कांग्रेसले बुधबार उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई नै सहयोग गर्ने निर्णय गरिसकेको छ भने अन्य दलको आधिकारिक कुरा आएको छैन । यद्यपि जसपाका उम्मेदवार रामसहायको प्रस्तावक र समर्थकमा काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरु बसेका छन् । यति हुँदा हुँदै पनि दलहरु गठबन्धनको निर्णयको पर्खाइमा छन् ।
लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतका उम्मेदवार ममता झाको समर्थक र प्रस्तावकमा बसेपनि गठबन्धनको आधिकारिक निर्णयको पर्खाइमा छ । गठबन्धनको बैठक बुधबार साँझ बालुवाटारमा बसिरहेको छ ।
तर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनमा कुनै अन्योल नरहेको बताए । उनले भने, ‘उपराष्ट्रको साझा उम्मेदवार बनाउनका लागि आन्तरिक रुपमा दलहरुको बीचमा छलफल भइरहेको छ । गठबन्धनको बैठकबाट पनि आवश्यक निर्णय हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिका पुरुष उम्मेदवारलाई मत नदिने भनिसकेको छ । गठबन्धनभित्र पनि जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवार उठाएको हुनाले गठबन्धनबाट साझा उम्मेदवार बनाउन चार दलबीच छलफल सुरु भएको काँग्रेसका महामन्त्री गगन थापाले बताए । चार दलले गठबन्धनमा साझा उम्मेदवार बनाउन गृहकार्य गरिरहेको उनले बताए ।
सत्ता गठबन्धनका एक घटक दल एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धनका साझा उम्मेदवार जसपाका रामसहाय यादव हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई