सचिनले ल्याए ‘मरिहत्ते’
काठमाडौँ । गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ ।
‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए । समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’
गायक रौनियार छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।
अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै संदेश दिने जानकारी दिइन् ।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतीको कथा देखाइएको छ। बच्चालाई जीवनको अमूल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण