‘मरिहत्ते’ मा सचिन र नीताको प्रेमकथा
काठमाडौंँ । गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ । गीतको भिडियोमा पनि गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथ दिएकी छन् ।
‘भिडियोमा बुनिएको कथामा म उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ पनि भन्नुभयो’, गायक रौनियारले भने, ‘डिजिटल समयमा समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’ अभिनेत्री ढुङ्गानाले आफूले भिडियो निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै संदेश पनि दिने बताइन् । ‘गृहणीको भूमिका मार्फत दैनिकीमा देखिने समस्या र सामाजिक दायित्वलाई मैले उजागर गर्नेछु ’ अभिनेत्री ढुंङगानाले भनिन् ।
कार्यक्रममा कुन्ति मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो । निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पतिको कथा देखाइएको छ । भिडियोमा हरि हुमागाइँको छायाङ्कन र विकास धमलाको सम्पादन छ ।
गायक रौनियारका छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण