ललितपुरबाट लागुऔषध ‘इन्जेक्सन’ सहित एकजना पक्राउ
विहीबार, ०२ चैत्र २०७९, २१ : ००

काठमाडौँ । ललितपुरबाट प्रहरीले लागुऔषध ‘इन्जेक्सन’ सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागडोल घर भएका ४१ वर्षीय राजेन्द्र थापा छन् । ललितपुर महानगरपालिका–४ स्थित नमोबुद्धमार्गमा रहेको थापाको घरबाट लागुऔषध इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
आरोपीको घरबाट नुफ्रिन १०४ एम्पुल, डाइजेपाम १३० थान र फेनारगन ७४ एम्पुल बरामद गरिएको छ । आरोपीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता
-
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी
-
सलमान खानलाई बम्बे उच्च अदालतबाट ठुलो राहत, के हो घटना ?
-
सीजीले ल्यायो नयाँ वर्षको अवसरमा २३% सम्मको क्यासब्याक र आकर्षक उपहार योजना
-
सरकार र मिटरब्याजी पीडितको वार्ता सकियो, ६ बजे फेरि बस्ने
-
प्रधानमन्त्री प्रचण्डको प्रश्न–अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं ?