त्रिचन्द्रको चुनावी प्रक्रिया अघि बढ्यो
शुक्रबार, ०३ चैत २०७९, १४ : २२

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अघि बढेको छ । आगामी चैत ९ गते स्ववियु चुनाव हुनेगरी प्रक्रिया अघि बढेको हो । त्रिचन्द्र क्याम्पसले चुनाव गर्नेगरी गत बिहीबार मतदाता नामावली प्रकाशन गरेको अखिल क्रान्तिकारीका नेता अशोक भण्डारीले बताए ।
क्याम्पसले ७ हजार ५ सय ९९ जनाको मतदाता नामावली प्रकाशन गरेको छ । अरु कार्यतालिका बमोजिम चुनावी प्रक्रिया अघि बढेको भण्डारीले बताए । आगामी चैत ४ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने तोकिएको छ । चैत ६ गते अन्तिम नामावली प्रकाशन गरेर चैत ९ गते मतदान गर्ने भनिएको छ । अरु त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु चुनाव भने चैत ५ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान