नेपाली भाषालाई ‘खस भाषा’ बनाइएको छैन : प्रतिष्ठान

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’ भन्ने निर्णय नभएको स्पष्ट पारेको छ ।
“प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषालाई खस भाषाको संज्ञा दिँदै प्रज्ञा–प्रतिष्ठानबाट नेपाली भाषा, व्याकरण र शब्दकोश विभाग हटाएको भनी गलत एवम् भ्रामक सूचना सम्प्रेषण भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ”, सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानबारे गलत सूचना सम्प्रेषण भएको भन्दै सदस्य सचिव सुवेदीले प्रतिष्ठानले नेपाली भाषा व्याकरण र शब्दकोश विभाग हटाउने काम गरेको लगायत गलत एवम् भ्रामक प्रचार तथा सूचना सम्प्रेषण गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
प्रतिष्ठानले वर्तमान नेतृत्व नेपाली भाषालगायत नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सदैव सचेत र प्रतिबद्ध रहेको र आगामी दिनसमेतमा प्रतिबद्ध रहने विश्वास पनि दिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु
-
‘मध्यरातमा रानीपोखरीमा लगेर मानसिक दबाब दिए, प्रहरी घेरामा बयान गराए’
-
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक