धनुषामा ट्रयाक्टर चालकमाथि छुरा प्रहार, ३ जना पक्राउ
जनकपुरधाम । धनुषामा शुक्रबार एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार भएको छ । जिल्लाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको हो । महतोमाथि पाँच जनाको समूहले पैसा मागेका थिए । महतोले पैसा नदिएपछि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक ट्रयाक्टर रोकेर पैसा मागेका थिए । गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको र उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । महतोको अहिलेसम्म पाँचवटा अप्रेसन भइसकेको उनको पारिवारिक श्रोतले बताएको छ ।
महतोसँग सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीको दावी छ । छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
घटनामा संलग्न भएको आरोपमा निरज लामा, रितेश लामा र किसन लामालाई पक्राउ गरी थप अनुसन्धान थालिएको गौतमले बताए । दुईजनाको खोजी भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै