समीक्षा अधिकारीको ‘डाँडै पिपल’ मा सुधिर र आरुषीको रोमान्स
काठमाडौँ। गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।
म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।
उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण