सातामा प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले उकालो लागेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ ।
साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो । यसका साथै, बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो । यसैगरी, यो साता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य निरन्तर बढेर १३ सय १० रुपैयाँ पुगेको छ । यसबीचमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर