भारतीय रेल्वेले आफ्ना पर्यटकलाई पशुपतिको दर्शन गराउने

काठमाडौँ । भारतीय रेलवे खान–पान एवम् पर्यटन निगम (आइआरसीटीसी) ले भारतका पर्यटकलाई पशुपति दर्शन गराउने घोषणा गरेको छ । भारतीय रेलको उपविभाग रहेको सो निगमले अयोध्या, वनारस, प्रयागराज हुँदै नेपालको पशुपतिको दर्शन गराउने घोषणा गरेको छ । पञ्जावबाट चैत १७ गतेदेखि सुरु हुने सो यात्रा चैत २६ गते नेपालको पशुपति आइपुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्जावको जलन्धर रेल्वे स्टेशनबाट सो रेल यात्रा सुरु हुन्छ ।
अयोध्याको राममन्दिर, हनुमान गढी, सस्र्यु घाट, नन्दीग्राम, तुलसी मानस मन्दिर, संकटमोचन मन्दिर, काशी विश्वनाथ, वनारसी नदी किनारमा गंगा आरती, प्र्रयागराजको हनुमान मन्दिर हुँदै पर्यटकलाई जनकपुरको जानकी मन्दिरको दर्शन गरेर त्यहाँबाट पर्यटक बसमा काठमाडौँ आएर पशुपतिको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पशुपतिको दर्शनपछि उनीहरुले भक्तपुर दरवार स्क्वायर, स्वयम्भु लगायतका क्षेत्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । आइआरसीटीसीले भारत गौरव पर्यटकका लागि भारत–नेपाल टुरको घोषणा गरेको हो । यो भ्रमणको उद्देश्यले दुई देशको धार्मिक तथा पर्यटक क्षेत्रलाई जोड्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
-
असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड
-
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम पारित