ससद्लाई प्रभावकारी बनाउन मुख्य सचेतकहरुसँग सभामुखको छलफल
शनिबार, ०४ चैत्र २०७९, १८ : ४१

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग शनिबार छलफल गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले छलफलको आयोजना गरेका हुन् । प्रतिनिधिसभाको बैठक आइतबार बस्ने कार्यसूची रहेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सदनलाई बढीभन्दा बढी बिजनेस दिने बारेमा छलफल भएको जानकारी दिए । उनले भने, ‘अब महत्त्वपूर्ण विधेयकहरूलाई अघि बढाइनेछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्सम्बन्धी कार्यविधि, प्रतिनिधि सभाको नियमावली लगायतलाई सैद्धान्तिक छलफलमा लैजाने बारेमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा गर्मी बढेपछि विद्यालय बन्द
-
झापामा गर्मी बढेपछि विद्यालय बन्द
-
वृहत् समाजवादी शिविर निर्माणको बहस
-
हलेसी तुवाचुङलाई साँस्कृतिक संग्रहालय बनाउने घोषणाले स्ठानीय खुसी
-
अस्ट्रेलियामा फेला पर्यो विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टि
-
प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल