मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई
_JCNTdBkoDu.jpg)
विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।
जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रवीण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे । उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपविजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरू भएको १६ औँ मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । वादल तामाङले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रवीण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रवीणले जाली चुमाए ।
दोस्रो हाफदेखि सिरहाले आक्रामक खेल पस्कियो । ५० औँ मिनेटमा सिरहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिरहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे । सिराहका अब्दुलको सशक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिपर आयुष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका विधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।
प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिडफिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रवीण राई, उत्कृष्ट कोचमा झापाका सन्दीप मगर घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका प्रवीण राई घोषित भए ।
सो अवसरमा खेलकुदमा योगदान पुर्याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरूलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रस्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
फागुन २७ देखि चैत ४ गते सम्म सञ्चालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको वास्तविकता चितवनवासीले बुझिसके, मंसिरको भन्दा उल्टो परिणाम आउँछ : जितनारायण श्रेष्ठ
-
मिटरब्याजीहरुलाई राजनीतिक दलहरुले संरक्षण गर्नुहुँदैन : डा. पौड्याल
-
शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा
-
नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा : भारतीय मिडिया
-
बागमती प्रदेश : मन्त्रालय बाँडफाँटमा दलहरुबीच अझै बन्न सकेन सहमति
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त