कोटेश्वर क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित
आइतबार, ०५ चैत २०७९, १० : ०९

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शनिबार बसेको बैठकको निर्णयअनुसार आज आइतबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म विद्यार्थीहरु मनोनयन दर्ता गर्न नआएपछि सवै विद्यार्थी संगठनको सहमतिमा चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत सुरेश पोखरेलले आइतबार सुचना प्रकाशित गर्दै आजको निर्वाचन प्रक्रिया स्थगित गरी पुन सर्वपक्षीय सहमतिको आधारमा नयाँ कार्यतालिनका प्रकाशन गर्ने जनाएका छन् । कोटेश्वरसहित उपत्यकाका आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
-
युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास
-
व्यवसाय विस्तारको प्रमुख बाधक नीतिगत अस्थिरता हो : अञ्जन श्रेष्ठ
-
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
-
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
-
युनेस्को प्रमुख र मन्त्री पाण्डेबिच भेटवार्ता : लुम्बिनीबारे छलफल