बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

आइतबार, ०५ चैत २०७९, १० : १९
आइतबार, ०५ चैत २०७९

धनगढी । कैलालीको ९ वटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको हो ।

यहाँको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड, घोडाघोडी बहुमुखी क्याम्पस लम्किचुहा बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ । त्यसलगत्तै मत गणना हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै, जिल्लाको टीकापुर बहुमुखी क्याम्पसमा भोलि निर्वाचन हुने र फूलबारी बहमुखी क्याम्पसको निर्वाचन अझै अनिश्चित रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जनाए ।

kailali-swobiu-election (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप