मनाङ–मर्स्याङ्दी हाइड्रोपावर निर्माणले पायो तीव्रता

मनाङ । एक सय ३५ मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माणले तीव्रता पाएको छ । हिउँद सकिएसँगै मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको हो ।
कोरोना सङ्क्रमणका कारण ढिला गरी निर्माण थालिएको जलविद्युत आयोजनाको निर्माण पुस अन्तिम साताबाट प्रारम्भ गरिएको हो ।
आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीको साझेदारीमा जलविद्युत् आयोजना निर्माण सुरु भएको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतीक महर्जनले बताए ।
आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् । आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।
‘रन अफ द रिभर’ प्रकृतिमा बन्न लागेको यस आयोजनाबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ मिगावाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उहाँका अनुसार आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।
सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव २०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच विसं २०७९ पुस ३ मा सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा