स्ववियु निर्वाचन
त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी
आइतबार, ०५ चैत्र २०७९, २३ : १०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।
उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् । सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । उनले नेविसंघका राजेश श्रेष्ठलाई पराजित गरे । कोषाध्यषमा भने नेविसंघकै पदमा भुसाल विजयी भएकी छन् ।
१३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो। केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी
-
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ
-
वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?
-
बजेट सकारात्मक छ : नेपाल समुद्रपार निकासी पैठारी संघ
-
बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ
-
६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?