शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफले प्रिमियममा १ करोड १२ लाख कित्ता आईपीओ जारी गर्ने

सोमबार, ०६ चैत २०७९, १२ : ४०
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो । 

फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने कम्पनीको योजना छ । यद्यपि, कर्मचारीलाई भने १०० रुपैयाँका दरले नै सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा  एनआइबीएल एस क्यापिटल रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप