देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियुको बर्चश्व

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ ।
त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ । ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन् । तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन ।
अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ । त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १/१ कलेजमा निर्वाचन जितेका छन् । निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ । विशेषगरी रोकिएका आंगिक क्याम्पसहरूमा त्रिविले अनिवार्य रूपमा निर्वाचन गराउन भनेको हो । ति बाहेकका सम्बन्धन प्राप्त कलेजहरूमा पनि रोकिएको ठाउँमा निर्वाचन गराउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
-
एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
एमाले कोशी प्रदेश अधिवेशन : १२ घण्टा पछि मतगणना सुरु
-
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय
-
निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना