धनगढीमा चट्याङ पर्दा पक्की घरमा क्षति
मंगलबार, ०७ चैत्र २०७९, १६ : ०८

धनगढी । अविरल चैते झरीसँगै परेको चट्याङले धनगढीको एक घरमा क्षति पुगेको छ ।
धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नुनारायण चौधरीको २ तले पक्की घरमाथि चट्याङ परेको हो ।
चौधरीको घरको दोस्रो तलाको छतको छज्जामा ४ फिट लम्बाई र २ दशमलव ५ फिट चौडाइको प्वाल परेको छ । चौधरीका अनुसार घरमा जडान भएको ईन्भर्टर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सवमिटर पूर्ण रूपमा जलेर क्षति भएको छ ।
साथै गाडी पार्किङ गर्न बनाएको ग्यारेज टिन, पार्किङ गरी राखेको बा०१–०२६च ५१०८ नं को कार र से६प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको चौधरीले जानकारी दिए । तर मानवीय क्षति नभएको बताइएको छ । धनगढीसहित सुदूरपश्चिम सोमबारदेखि वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्