बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

मङ्गलबार, ०७ चैत २०७९, १७ : २०
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।  

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत गराउने कम्पनीको विश्वास रहेको छ । सँगसँगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्ने र  आफ्नो बीमा जानकारी  प्राप्त गर्न समेत सकिने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप