शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एफएनसीसीआई र रास्वपाका सांसदबिच अर्थतन्त्रका समस्या तथा समाधानका विषयमा छलफल

मङ्गलबार, ०७ चैत २०७९, २० : ४७
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघबीच मंगलबार अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा छलफल भएको छ । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित पदाधिकारीहरू र सो पार्टीका संसदीय दलका नेता डोल प्रसाद अर्यालको नेतृत्वमा आएको सांसद प्रतिनिधिमण्डलका सदस्यहरू थिए ।

सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा विस्तृत जानकारी गराए । बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको उनले बताए । सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फीति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत देखिएपनि चर्को ब्याजदर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको अध्यक्ष गोल्छाले बताए ।

अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष त सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिबिच तादात्म्यता नुहुनु नै हो, जसको परिणाम संकटउन्मुख रहेको उनले प्रष्ट पारे ।  कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुपर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाले भने ।

अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनु पर्ने सुझाव राखे । सहकारी तथा लघुवित्त संस्थाको अनुगमन नहुँदा पनि अहिलेको समस्या आएको उनले प्रष्ट पारे ।

सो अवसरमा स्वतन्त्र पार्टीका सांसदहरुले निजी क्षेत्रका समस्या, उद्योग व्यवसाय शिथिल हुँदै जानुको कारण, श्रम बजारका समस्या, रोजगारीका अवसर सिर्जना, आयात निर्यात बिचको फासला कम गर्न चाल्नु पर्ने उपाय, कृषिको क्षेत्रको विकास, बाह्य लगानी आकर्षणमा गर्नुपर्ने प्रयास लगायतमा जिज्ञासाहरू राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप