दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको निधन

गायक दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको बुधवार निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट ग्रसित थिए ।
उनको उपचारका लागि दीपक बज्राचार्यले आर्थिक सहयोग सङ्कलन गर्दै आएका थिए । केही दिन अघि उनले ६ लाख रुपैयाँ सुवर्णलाई प्रदान गरेका थिए । दीपकले नै उनको मृत्युबारे जानकारी दिएका हुन् ।
दीपकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अत्यन्तै दुःखका साथ यो भन्न चाहन्छु कि कठोर उपचार र चिकित्सा हेरचाहका बाबजुद हाम्रा साथी सुवर्ण व्यञ्जनकारको बुधवार निधन भएको छ ।’
‘सुवर्णलाई यस्तो विषम परिस्थितिमा साथ र सहयोग गर्नुहुने प्रत्येकलाई धन्यवाद दिन चाहन्छु । तपाईँहरूको साथ र सहयोगले नै उनलाई यत्तिका लामो समयसम्म उपचार गर्न सकियो । आत्माले शान्ति मिलोस् ।’
पछिल्लो समयमा नसा सम्बन्धी समस्या देखिएपछि सुवर्णले एउटा आँखासमेत गुमाएका थिए । सुवर्णले एउटा भिडियोमा मिर्गौला प्रत्यारोपण गर्न पाए जीवन अलि सरल हुने आशा व्यक्त गरेका थिए । यसका साथै उनले आफूलाई अझै गितार बजाउन नपुगेको र गितार देख्दा रुन मन लाग्ने बताएका थिए । उनले भनेका थिए, ‘स्वास्थ्यले साथ दिए गितार बजाउने थिएँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी