बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने

बुधबार, ०८ चैत २०७९, १७ : २९
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । नेकपा(एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । 
फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै फेडेरेसनले नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ११ गते महाधिवेशनको उद्घाटन गर्ने जानकारी गराएको छ । 

विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरुलाई संगठित गर्दै आएको फेडरेसनले २०७८ साल पौष १६ गते चन्द्रबहादुर रोकायाको अध्यक्षतामा ९९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । हालसम्म ५ वटा प्रदेश समिति, ५४ वटा जिल्ला समिति र पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको फेडरेसनका उपमहासचिव जेपी सापकोटाले जानकारी दिए । उनले चैत्र १२ गतेका दिन नयाँ नेतृत्व चयन हुने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप