नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा ढुंगाना
बुधबार, ०८ चैत २०७९, १७ : ३९

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षहरुमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी,जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन् । त्यसैगरी सचिवमा सिताराम फुयाल, सहसचिवमा छितेन भोटे, कोषाध्यक्षमा सन्तोष ढकाल र सह कोषाध्यक्षमा सरिता ओली निर्वाचित भएका कार्यसमिति सदस्य इश्वर केसीले जानकारी गराएका छन् । कार्यसमिति २१ सदस्यीय
रहेको छ । बन्द सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट आएका ६७ जना प्रतिनिधि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने