शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाओसविरुद्धको खेलमा दुई खेलाडीको डेब्यु

बुधबार, ०८ चैत २०७९, १७ : ४२
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्ने भएका छन् । दशरथ रंगशालामा साँझ ६ बजे हुने खखेलमार्फत् नेपाली टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्न लागेका हुन् । 

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले ला‌ओससँग खेल्न लागेको हो । 

खेलका लागि प्लेइङ ११ मा लामा र श्रेष्ठबाहेक किरणकुमार लिम्बू,  (गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द  रहेका छन् । 

फिफा वरियतामा नेपाल १७५ र लाओस १८७ स्थानमा छन्। नेपालले भुटानसँग पनि खेल्नेछ । भुटान फिफा वरीयतामा १८५ औं स्थानमा छ ।

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप