मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाले गर्‍यो दुई सडकको शिलान्यास

बुधबार, ०८ चैत २०७९, १७ : ५२
बुधबार, ०८ चैत २०७९

भरतपुर । भरतपुर महानगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगतका दुई वटा सडकको शिलान्यास गरिएको छ । भरतपुर ९ स्थित काँडाघारी र भरतपुर २५ स्थित किसान चोकमा बुधबार एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।   

कार्यक्रममा बोल्दै प्रमुख दाहालले एकीकृत सहरी पूर्वाधार योजना अन्तरगत दोस्रो प्याकेजका रूपमा भरतपुर महानगरपालिकामा सडक निर्माणका साथै बसपार्क निर्माणका लागि योजना ल्याएको बताइन् । 

अघिल्लो वर्ष सुरु भएका सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भरतपुरमा दुई अर्बका योजना सम्पन्नको चरणमा रहेको उनले बताइन् । यस वर्ष स्मार्ट सिटी आयोजना अन्तरगत भरतपुरमा ११ वटा प्याकेजमा ४१ करोडका आयोजना सुरु भएको उनले बताइन् । दोस्रो प्याकेजका रूपमा शिलान्यास भएका योजनाहरू समयमै समापन्न गर्न उनले निर्माण कम्पनीलाई आग्रह समेत गरिन् । उनले समयमा काम नसक्ने १४ वटा कम्पनीलाई कारबाही गरेको समेत जानकारी दिइन् । 

एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तगतका सबै योजना संघन सहरी तथा भवन निर्माण आयोजनाले एउटै कम्पनीलाई ४१ करोड १९ लाख रुपैयाँमा ठेक्का दिएको छ । आयोजनाका लेखा अधिकृत ओम बहादुर खड्काका अनुसार भरतपुरको महालक्ष्मी, ओम सत्य साई जेभीसँग फागुन १० गते ठेक्का सम्झौता गरिएको हो । यी योजनाको म्याद २०८१ भदौ ९ गतेसम्म रहेको खड्काले जानकारी दिए । योजना अन्तरगत सडक कालोपत्रे १८ किलोमिटर हुनेछ ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमार्फत देवघाटमा बस पार्क, नारायणी सि बिच, नारायणीमै आरती भवन र भरतपुरका ९ वटा सडक निर्माणको ठेक्का सम्झौता भएको छ । काँडाघारीदेखि वडा नम्बर ८सम्मको सडक निर्माणका लागि २ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै किसानचोक स्थित विकास चोक हुँदै बेतली खोलाको पुलसम्मको साढे ५ किलोमिटर सडक पिच गर्नका लागि १० करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप