एसिड पीडित आरती साहको मुद्दामा जिल्ला अदालतकै फैसला सदर

जनकपुरधाम । एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले फैसला सदर गरेको हो ।
जिल्ला अदालत धनुषाले ०७८ भदौ १० गते अन्तिम सुनवाइ गर्दै फैसला सुनाएको थियो । आरतीका श्रीमान् सञ्जीव साहलाई साढे १० वर्ष कैद र ६ लाख जरिवाना गर्ने फैसला सुनाएको थियो भने एसिड बिक्री गर्ने व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको थियो । सो फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
आरती र उनकी छोरी रियालाई श्रीमान सञ्जीवले ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । यो पटक पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने