दलीय भागबण्डापछि गाउँपालिका महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित

धनगढी । दलीय भागबण्डापछि गाउँपालिका महासङ्घ नेपालको सुदूरपश्चिमको दोस्रो अधिवेशन भएको छ । लोकेन्द्र बहादुर शाहीको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ ।
दलीय भागबण्डा अनुसार कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ७, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र ३ र नागरिक उन्मुक्ति पार्टीले १ सदस्य पाएको छ ।
जस अनुसार नेपाली कांग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका हुन् । कांग्रेसबाटै सदस्यमा नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा निर्वाचित भएका हुन् ।
नेकपा एमालेको भागमा सचिव र सह सचिव परेपछि गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिव, र तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बिसी सह सचिवमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेबाटै सदस्यमा डोल्मा तामाङ र माधवी जोशी निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रको भागमा कोषाध्यक्ष परेपछि कोषाध्यक्ष मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् । माओवादीबाटै सदस्यमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले एक जना सदस्य पाएपछि जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी छिन् । समितिको कार्यकाल पाँच वर्ष रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी