मधेस सरकारको आर्थिक सल्लाहकारमा डा.भोगेन्द्र झा नियुक्त
शुक्रबार, १० चैत्र २०७९, १३ : १५

जनकपुरधाम । मधेस प्रदेश सरकारको आर्थिक सल्लाहकारमा डा.भोगेन्द्र झा नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
यसअघि मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका झालाई बिहीबार मन्त्रिपरिष्दको निर्णयबाट नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहरीले जानकारी दिए । डा.झाले नीति तथा योजना आयोगको उपाध्यक्ष पदबाट गत पुषमा राजीनामा दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकबाट अवकाश प्राप्त डा. झा चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै हेटौँडाका विद्यालय ६ दिनका लागि बन्द
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो
-
नागरिकता विधेयक प्रमाणीकरणबारे कांग्रेस : राष्ट्रपतिबाट संसद् र संविधानको सम्मान र संरक्षण भयो
-
टर्कीमा एर्दोगान तेस्रोपटक राष्ट्रपति : शनिवार लिए सपथ
-
तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
-
जनकपुरमा मैथिली इतिहास, भाषा र सहित्यमाथि ‘विमर्श’ हुने