बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट महिलाको मृत्यु

शुक्रबार, १० चैत २०७९, १६ : ०१
शुक्रबार, १० चैत २०७९

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
“पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका रहेछन्”, उनले भने, “सोही क्रममा कलशालाई बाघले आक्रमण गरेको हो ।”

प्रहरीका अनुसार अन्य महिलाहरु सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने प्रमुख प्रहरी निरीक्षक मल्लले बताए । “शव आजै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर परीक्षण गर्ने तयारी छ”, उनले भने, “मतृकको घाँटी र टाउको चोट देखिएको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप