बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

काठमाडौँ । पछिल्लो समय बल्खु–कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् । तर, डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । कलंकी बल्खु सडक खण्डको सर्भिस लेनको १ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ ।
डिभिजनका अनुसार त्यसमा एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएको हो । सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त १ किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ । सोहीअनुसार परामर्शदाताले पेश गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कंक्रिट गर्ने गरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
-
एमडीएमएसमा छुटेका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?
-
विदेशबाट कति सुन ल्याउन पाइन्छ ?
-
‘चुचुरोमा पुग्दा खुसीको सीमा नै रहेन’
-
संवैधानिक परिषदबाट सिफारिस भएका व्यक्ति सुनुवाइ समितिमा रोकिन सक्छन् : अध्यक्ष तिमिल्सिना
-
संसदीय सुनुवाइ विशेष समितिको बैठक सिंहदरबारमा