बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गोठमा आगलागी हुँदा २० बाख्रा जले

शुक्रबार, १० चैत २०७९, २० : ४७
शुक्रबार, १० चैत २०७९

सिन्धुली । घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

गएराति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको उनले जानकारी दिए । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप