बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणना नतिजा : नेपालका आधा बढी परिवार अझै दाउरामा खाना पकाउँछन्

शनिबार, ११ चैत २०७९, १३ : ४२
शनिबार, ११ चैत २०७९

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजा अनुसार अझै ५१ प्रतिशत परिवारले दाउरामा खाना पकाउने गरेका छन्  । शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार देशका कुल परिवार मध्ये आधा भन्दा बढी  अर्थात ५१ प्रतिशत परिवारले खाना पकाउन काठ र दाउरा प्रयोग गर्ने गरेका छन । 

खाना पकाउन अक्सर एलपि ग्यास प्रयोग गर्नेको संख्या ४४ दशमलव ३ प्रतिशत रहेको छ भने बिजुलीबाट खाना पकाउने परिवार संख्या ० दशमलव ५ प्रतिशत रहेको छ । गुईठा र गोरहाबाट खाना पकाउने परिवार २ दशमलव ९ प्रशित रहेको छ । बायोग्याँस प्रयोग गरेर खाना बनाउने परिवार संख्या १ दशमलव २ प्रतिशत रहेको छ ।

 मट्टितेलबाट शून्य दशमलव ०५ प्रतिशत र अन्य इन्धन प्रयोग गरी खाना बनाउने परिवार संख्या ० दशमलव १ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४ प्रतिशतले परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेकोमा १० वर्षमा दाउराबाट खाना बनाउने परिवार १३ प्रतिशतले घटेको पाइएको छ । 
यस्तै बत्ती बाल्न ९२ दशमलव २ प्रतिशत परिवारले बिजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७ दमलव ३ प्रतिशत रहेकोमा बिजुलीबाट बत्ति बाल्नेको संख्यामा वृद्धि भएको हो । 

बत्ती बाल्नका लागि अक्सर सोलार र सौर्य ऊर्जा प्रयोग गर्नेको संख्या ६ दशमलव ६ प्रतिशत रहेको छ भने मट्टितेल प्रयोग गर्नेको संख्या शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप