शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत

शनिबार, ११ चैत २०७९, १४ : ३६
शनिबार, ११ चैत २०७९

काठमाडौँ । नेपालको प्रचलित कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष हो भने १८ वर्षको उमेरसम्मका ब्यक्तिलाई बालबालिका नै मानिने कानुनी व्यवस्था छ । तर २०७८ सालमा भएको राष्ट्रिय जनगणनाको सार्वजनिक नतिजा अनुसार १५ देखि १७ वर्षको उमेरमा विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत रहेका छन् । 
पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा गर्नेहरु ३४ दशमलव ४ प्रतिशत रहेका छन् ।

प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरु मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । कुल जनसंख्याको विवाहित मध्ये पुरुष ५९.१ प्रतिशत र महिलाहरु ६४.३ प्रतिशत रहेका छन् ।   

दश वर्षमूनिको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन्  भने १० देखि १४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष हुन आउने आंकडा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप