बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा दाहालले पाए एनजीओ न्युकमर्स अवार्ड

शनिबार, ११ चैत २०७९, २० : ५७
शनिबार, ११ चैत २०७९

टोकियो । जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन् । जापानको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा गर्न सक्ने योगदानलाई ध्यानमा राखेर जापान भरिका गैरसरकारी संस्थामा निश्चित अबधि भित्रका कर्मचारीलाई प्रदान गर्दै आइरहेको यस अवार्डमा पहिलो बिदेशीका रुपमा साप्लानिर नामक संस्थामा कार्यरत सुदिप दाहालले नगद सहित एनजीओ न्युकमर्स अवार्ड प्राप्त गरेका हुन। सुदिप दाहाल उक्त संस्थामा २०२२ को फेब्रअरीदेखि कार्यरत छन्।

करिब नौ वर्षअघि विद्यार्थीको रूपमा अध्ययन गर्न जापान आएका सुदिपले जापानकै युनिभर्सिटीबाट नेपालको ग्रामीण विकासमा मास्टर्स गरेका छन्। २०१८ मा पढाई सकेर जापानिज कम्पनीमा काम गरेका दाहालले २०२२ को फेब्रअरीबाट साप्लानिरमा काम गर्न थालेका थिए।

काममा लगनशिलता र मेहनतले काम सुरु गरेको छोटो समयमै यस अवार्ड प्राप्त गर्न सफल भएका दाहालले भने– ‘जापानमा यस्ता अवार्डबाट सम्मान हुने नेपाली र विदेशहरुले पनि हालसम्ममा पहिलो हुनुपर्छ ।’  दाहाल कार्यरत साप्लानिर संस्थाले जापान लगायत नेपाल, बंगलादेशमा पनि कार्यक्रम गर्दै आइरहेको छ। हाल सुदिप दाहाल उक्त संस्थाको फन्डरेजरको जिम्मेवारी सम्हालिरहेका छन्।

यहि मार्च १६ तारिख भएको अवार्ड वितरण कार्यक्रममा नेपाली युवा दाहालसहित अन्य २ जापानिज एनजिओकर्मीलाई अवार्ड सहित नगद पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप