बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा पन्त चयन

शनिबार, ११ चैत २०७९, २२ : १४
शनिबार, ११ चैत २०७९

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा उपमहासचिव जनार्दन शर्मा, ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा, वाइसीएल इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटालगायतका नेताहरूको उपस्थितिमा पन्तको नेतृतवमा १३ जना पदाधिकारी र ५१ जनाको कार्यसमिति चयन गरिएको हो । 

उपाध्यक्षहरु सुस्मिता कट्टेल, राजु ओझा, सनत उप्रेती, नारायन कुइँकेल र सन्तोश ढकाल रहेका छन् भने एकजना महिला पछि थपिने छ । यस्तै सहसचिवमा अरुन पन्तसहित तीन जना र कोषाध्यक्षमा भोला थापामगर रहेका छन् ।
सदस्यहरुमा निर्मल माझी, चुनुबाबु पुजारी, मेशलाल तामाङ, घनश्याम कार्की, सीता पाठक, रुविना विशुंखे, योगेश लामा तामाङ, अरुण चौधरी, श्रीराम बोहरा, हरि मगर, दिपेन्द्र थापा, कोमलमाया लोप्चन, रमा लामिछाने, सम्झना तामाङ, नारायण कुइँकेल रहेका छन् ।

त्यसैगरी, राम तामाङ, रविन विक, रवि तामाङ, नरेन्द्र तामाङ, नरेन्द्र गोले, सन्तोष गुरुङ, सरोज चौलागाई, गणेश गौतम, धिरेन्द्र विक, शेखर गौतम, अंग्रेजी श्रेष्ठ, जीवन चौलागाई, योगेन्द्र राई, सन्जिव महर्जन, रेशम तामाङ,, नकूल उप्रेती, नारायणप्रसाद फुयाँल, शिव ढकाल, दुर्गा थापा, भीम प्रजा, दलबहादुर मगर, शरण कोइराला, रामजी राउत, बिष्णु देवकोटा, लक्ष्मण गुरुङलगायत पनि सदस्यमा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप