बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

आइतबार, १२ चैत २०७९, ११ : २७
आइतबार, १२ चैत २०७९

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार कैलालीकै गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठारा रहेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घाइते भएका मोहन्याल गाउँपालिका ५ कै २० वर्षीया निर्मला रोका मगर र ४० वर्षीया गौमती विकको सोही अस्पतालमा उपचार भइरहेको छ । से २ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप