घाटामा गयो कैलारी गाउँपालिका, १५ दिनका लागि भुक्तानी बन्द

धनगढी । कैलालीको कैलारी गाउँपालिकाको वित्तीय अवस्था ऋणात्मकमा गएको देखिएको छ । चालू आव २०७९-२०८० फागुन मसान्तसम्मको चालूतर्फको वित्तीय अवस्था ऋणात्मक अर्थात घाटामा गएको हो ।
वित्तीय अवस्था ऋणात्मक भएपछि गाउँपालिकाले भुक्तानीको कार्य रोक्का गरेको छ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिकाको आन्तरिक राजश्व तथा आम्दानी बजेट अनुसार फागुन मसान्तसम्म १ करोड १६ लाख ३४ हुनुपर्नेमा ६१ लाख ५५ हजार मात्रै रहेको उल्लेख छ । जसअनुसार फागुनसम्ममा गाउँपालिका ५४ लाख ७९ हजार घाटामा रहेको सूचनामा उल्लेख छ ।
त्यस्तै राजश्व बाँडफाँड (सङ्घ र प्रदेश)बाट फागुन मसान्तसम्म ८ करोड ७८ लाख ५४ हजार आम्दानी हुनुपर्नेमा ६ करोड २ लाख २ हजार ५९८ मात्रै आम्दानी भएको छ । जसअनुसार गाउँपालिका २ करोड ७६ लाख ५१ हजार ४०२ रुपैयाँ घाटामा रहेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले चालू खर्चतर्फ ऋणात्मक अवस्था आउन सक्ने सम्भावना रहेकोले १५ दिनको लागि भुक्तानी रोक्का गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
-
आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष