शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, १२ चैत २०७९, १६ : ०३
आइतबार, १२ चैत २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १३ गते सोमबार २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले चार किसिममा कूल २२ अर्ब १० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र ट्रेजरीका लागि दरखास्त आह्वान गर्न सक्नेछन् । ट्रेजरीको बिक्री भने चैत १४ गते मङ्गलवार हुनेछ । 

तर, कूल रकम मध्ये १७ अर्ब १० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ मात्र नयाँ बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । सूचना अनुसार नयाँ जारी हुने ट्रेजरीको समयावधि ९१ दिनको रहेको छ । 

केन्द्रीय बैंकका अनुसार पुरामध्ये ९१ दिनका लागि ५ अर्ब नवीकरण गरेर बाँकी ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ नवीकरण गरिने छ । यस्तै, २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण हुनेछ । 

यसअघि केन्द्रीय बैंकले चैत ६ गते २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप