राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १३ गते सोमबार २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले चार किसिममा कूल २२ अर्ब १० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र ट्रेजरीका लागि दरखास्त आह्वान गर्न सक्नेछन् । ट्रेजरीको बिक्री भने चैत १४ गते मङ्गलवार हुनेछ ।
तर, कूल रकम मध्ये १७ अर्ब १० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ मात्र नयाँ बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । सूचना अनुसार नयाँ जारी हुने ट्रेजरीको समयावधि ९१ दिनको रहेको छ ।
केन्द्रीय बैंकका अनुसार पुरामध्ये ९१ दिनका लागि ५ अर्ब नवीकरण गरेर बाँकी ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ नवीकरण गरिने छ । यस्तै, २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण हुनेछ ।
यसअघि केन्द्रीय बैंकले चैत ६ गते २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण