शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजीविरुद्धका आन्दोलनकारीसँग सरकारले थाल्यो वार्ता

आइतबार, १२ चैत २०७९, १९ : ३७
आइतबार, १२ चैत २०७९

काठमाडौँ । मिटरब्याजीको विरुद्ध आन्दोलन गर्न काठमाडौँ आइपुगेका आन्दोलनकारीसँग सरकारले वार्ता थालेको छ । आन्दोलनकारी आजै काठमाडौँ आइपुगेका हुन् । 

काठमाडौँ आएको थाह पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत को नेतृत्वमा एक टोलीले आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता थालेको छ । आन्दोलनकारी अहिले मातातिर्थमा बसेका छन् । 

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौँमा रहने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप