नेपाली सेना र अमेरिका सेनाबीच तीन दिने बैठक हुने

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिवसीय बैठकको आयोजना हुने भएको छ । नेपाली सेनाका अनुसार चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ आयोजना हुने भएको हो ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस किसिमको कार्यक्रम प्रत्येक वर्ष एकअर्को मुलुकमा आयोजना हुने गरेको सेनाको भनाई छ । गत वर्ष यो कार्यक्रम संयुक्त राज्य अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
यस पटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । यस पटकको कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवं अधिकृतहरू समेटिएको १४ सदस्यीय टोली सहभागी हुनेछ । अमेरिकी सेनाको प्यासिफिक कमान्डकाका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नेछन् । बैठकबारे सम्बन्धित सम्पूर्ण निकायहरूसँग आवश्यक समन्वय र तयारी पूरा भइसकेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार
-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
-
चितुवाको छालासहित पाँचजना पक्राउ