रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो

ब्रसेल्स । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ ।
“रुसको आणविक बयानबाजी खतरनाक र गैरजिम्मेवार छ । नेटो सतर्क छ र हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं,” नेटोका प्रवक्ता ओना लुङ्गेस्कुले भनिन् । । उनले भनिन्, “पश्चिमा मित्रराष्ट्रहरूले रूसको आणविक सोचमा कुनै परिवर्तन देखेका छैनन्, जसले हामीलाई आफ्नो शक्ति समायोजन गर्न प्रेरित गर्नेछ ।”
युक्रेनले छिमेकी बेलारूसमा सामरिक हतियार तैनाथ गर्ने मस्कोको योजनाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । रूसले गत वर्ष युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको थियो र उसका केही सैनिकले आफ्नो सहयोगी बेलारूसहुँदै सीमा पार गरेका थिए र किएभले यो कदमलाई ‘आणविक ब्ल्याकमेलिङ’ का रूपमा हेरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले आफ्नो आणविक शस्त्रागारको केही हिस्सा आफ्ना युरोपेली सहयोगीहरूको भूमिमा आधारित गरेको कदमको तुलना गर्दै यसको प्रतिवाद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी